दुर्घटनामा भारतीय तीर्थयात्रुको मृत्यु

विहीबार, ०४ माघ २०७४, १० : १५
दुर्घटनामा भारतीय तीर्थयात्रुको मृत्यु

नवलपरासी । नवलपरासीको त्रिवेणीधामको माघे औंसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । घटनामा १५ जना तीर्थालु घाइते भएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ बी क्यू ०४२० नंको ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा पल्टिएको थियो ।

ट्र्याक्टर पल्टिदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन् ।
तिर्थालुहरु भारतको गोरखपुरबाट माघे औँसीका अवसरमा त्रिवेणीधाममा नुहाउन र पूजाआजा गर्न आएका थिए ।(रासस)

प्रतिक्रिया दिनुहोस