प्रदेश २ मा एसईई परीक्षा स्थगित

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०७५, २० : १३
प्रदेश २ मा एसईई परीक्षा स्थगित

फाईल फोटो

काठमाडौं । सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । एसइई को प्रश्नपत्र परीक्षा अघि नै आउट भएपछि सरकारले प्रदेश नम्बर २ का सबै जिल्लामा चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
देश २ अन्तर्गतका ८ वटा जिल्लामा निरन्तर प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा वोर्डलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा वोर्डसहित केन्द्रीय अनुसन्धान व्यूरोले समेत छानविन गरिरहेको जानकारी दिए ।
प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी छन् ।

प्रतिक्रिया दिनुहोस