पाकिस्तानमा दुई हिन्दु किशोरीलाई जबर्जस्ती मुस्लिम बनाएपछि प्रधानमन्त्री इमरान खानले दिए यस्तो आदेश

सोमबार, ११ चैत्र २०७५, ११ : १६
पाकिस्तानमा दुई हिन्दु किशोरीलाई जबर्जस्ती मुस्लिम बनाएपछि प्रधानमन्त्री इमरान खानले दिए यस्तो आदेश

बीबीसी । पाकिस्तानमा दुई हिन्दु किशोरीको अपहरण, विवाह र जबरजस्ती धर्म परिवतर्नको मामलामा प्रधानमन्त्री इमरान खानले पंजाब र सिन्धको सरकारलाई सँगै मिलेर किशोरीको खोजी गर्न आदेश दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुई सरकार एक भएर ती किशोरीको खोजी गर्न आदेश दिएका छन् । ती किशोरीलाई पाकिस्तानको पंजाब सहिम याद खानको घोटकीबाट अपहरण गरिएको बताइएको छ ।

 ती किशोरीका भाइ र पिताको भिडियो सोसल मिडियामा भाइरल भएको छ जसमा उनीहरु आफ्नो पीडाबारे बताइरहेका छन् । अर्कोतर्फ एउटा त्यस्तै भिडियो सोसल मिडियामा पोष्ट गरिएको छ जसमा उनीहरु आफ्नो इच्छाले इस्लाम स्विकार गरिरहेको बताइएको छ ।
पाकिस्तानका सूचनामन्त्री चौधरी फव्वाद हुसैले ट्वीट गरेर प्रधानमन्त्रीले ती किशोरीहरुको खोजीको आदेश दिएको जानकारी दिएका छन् ।

आइतबार भारतीय विदेशमन्त्री सुषमा स्वराजले यो मामलामा इस्लामाबादस्थित भारतको उच्चायोगसँग रिपोर्ट मागेको कुरा ट्वीट गर्दा पाकिस्तानका सूचनामन्त्री चौधरी फव्वाद हुसैनले भारतमा अल्पसंख्यकमाथि जुन ‘अपराध’ भइरहेको छ, उनीहरुमाथि पनि यस्तै सक्रियता देखाउन आग्रह गरेका छन् ।

पाकिस्तानका सूचनामन्त्रीले भने, ‘हाम्रो मुलुकको राष्ट्रिय झण्डाको सेतो रङले अल्पसंख्यकको प्रतिनिधित्व गर्छ र उनीहरु हाम्रो लागि निकै प्यारा छन् ।’

प्रतिक्रिया दिनुहोस