चितवन भेट्रान फुटबल क्लबलाई जर्सी सहयोग

शनिबार, ०९ चैत्र २०७५, १९ : ११
चितवन भेट्रान फुटबल क्लबलाई जर्सी सहयोग

भरतपुर : चितवन भेट्रान फुटबल क्लबलाई जर्सी सहयोग भएको छ । आगामी वैशाखमा आयोजना हुने जाउलाखेल भेट्रान कपलाई लक्ष्ति गरी  हनामी इन्टरनेश्नल प्रालि शहिदचोेकले १६ जोर जर्सी प्रदान गरेको हो । शनिबार एक कार्यक्रमका बीच हनामीका सञ्चालकहरु अर्जुन रिजाल र किशोर सुवेदीले क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो  ।
चितवन गत वर्षको जाउलाखेल भेट्रान कप विजेता हो ।  हनामीले गरेको जर्सी सहयोगले थप हौसला बढाएको क्लबका अध्यक्ष श्रेष्ठको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस