तुहियो नेपालको सपना, भारतसँग फेरि पराजित

नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि चुमेको छ

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १७ : ०८
तुहियो नेपालको सपना, भारतसँग फेरि पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपना अधुरै रहेको छ । महिला च्याम्पियनसीपको भारतको बर्चश्व यसपटक पनि देखियो ।  
विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि चुमेको छ ।  भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो । 
घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि नेपालको खेलमा उच्च प्रदर्शन गर्न सकेन ।
१० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् तर दोस्रो हाफमा भारतले दुई गोल गरेपछि नेपाल एक गोलमै चित्त बुझाउनुपरेको थियो । 

प्रतिक्रिया दिनुहोस