नेपालविरुद्ध भारत २–१ ले अगाडि

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १६ : ३६
नेपालविरुद्ध भारत २–१ ले अगाडि

विराटनगर । पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच भएको खेलमा भारतले २–१ ले अग्रता लिएको छ ।  
खेलको ६३ औं मिनेटमा भारतले नेपालको गोलपोष्टमा गोल गरेको हो । 

यस अघि पहिलो हाफमा दुवैतर्फबाट १–१को बराबरी गोल भएको थियो । नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै गोलमा परिणत भएको थियो ।
त्यसपछि नेपालकी सावित्रा भण्डारीले ३३ औं मिनेटमा भारतको गोलपोष्टमा गोल फर्काउन सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस