नेपाल र भारत १-१ को बराबरीमा खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १६ : १४
नेपाल र भारत १-१ को बराबरीमा खेल्दै

विराटनगर । पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत १-१ को बराबरीमा खेलिरहेका छन् ।
 नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै गोलमा परिणत भएको थियो ।
त्यसपछि नेपालकी सावित्रा भण्डारीले ३३ औं मिनेटमा भारतको गोलपोष्टमा गोल फर्काउन सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस