नेपाल र भारतबीचको खेल सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १५ : २६
नेपाल र भारतबीचको खेल सुरु

विराटनगर । पाँचौ साफ महिला च्याम्पियनसिप  फुटबलको फाइनलमा नेपाल र भारतबीचको खेल सुरु भएको छ ।
विराटनगरको शहीद रंगशालामा सुरु भएको खेलमा नेपाल र भारत दुबै उपाधि जित्ने लक्ष्यमा छन् । यो खेलमा नेपाल इतिहास रच्न चाहन्छ । डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम ।

प्रतिक्रिया दिनुहोस