मुकेश अम्बानीले तिरिदिए भाइ अनिलको ७.७ करोड डलर ऋण

एजेन्सी

मंगलबार, ०५ चैत्र २०७५, १५ : ४७
मुकेश अम्बानीले तिरिदिए भाइ अनिलको ७.७ करोड डलर ऋण

भारत । भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएका छन् । यससँगै अनिल जेल जानबाट बचेका छन् ।

अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । तर, अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने खतरा थियो ।
अन्तिम समयमा मुकेशले भाइलाई बचाएका छन् । अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ । यसले हाम्रो परिवारको बलियो मूल्य-मान्यतालाई दर्शाउँछ । जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’

एक समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थिए । अनिलले भनेका छन्, ‘म र मेरो परिवार यसका लागि आभारी छौं कि हामी अतीतबाट निस्कियौं । यो सहयोगका लागि हृदयदेखि आभार ।’

प्रतिक्रिया दिनुहोस