९ दिन लामो पदयात्रापछि सगरमाथामा विवाह !

बुधबार, ०३ माघ २०७४, १० : ३१
९ दिन लामो पदयात्रापछि सगरमाथामा विवाह !

सबैलाई आफ्नो विवाह सम्झनालायक र महत्वको बनाउने चाहना हुन्छ । त्यस्तै चाहना बोकेका अष्ट्रेलियाका एक जोडीले विश्वको सबैभन्दा उच्च शिखरमा अत्यन्तै चिसोका बाबजुद विवाह रचेको डेलीमेलले जनाएको छ ।

३२ वर्षीया हैदी टर्नेन र ३१ वर्षीय टम रेइनले ९ दिन लामो ट्रेकिङपछि सगरमाथा पुगेर विवाह गरेका छन् । हिउँ नै हिउँले भरिएको स्थानमा अत्यधिक चिसो मौसमलाई सहेर उनीहरु सगरमाथा क्याम्पमा पुगेका थिए । विश्वकै सबैभन्दा उच्च शिखरमा पुगेपछि उनीहरुले परम्पराअनुरुप पहिरन लगाएर विवाह गरेको डेलीमेलले बताएको छ ।

एकदमै कम तापमानमा पनि हैदीले विवाहकै पहिरन लगाइन् भने टमले चाहिँ सुट लगाएको तस्बिरमा देख्न सकिन्छ ।

स्वतन्त्र भएर दुईजना मात्र समय बिताउन उनीहरु गाइडको सहयोगबिना नै सगरमाथा बेस क्याम्पसम्म पुगेको बताए । हिमाल चढ्दै गर्दा उनीहरुले आफ्ना साथमा ३७ किलोको विवाहको पहिरन पनि साथमा बोकेका थिए ।

उनीहरु दुवैले लामो ट्रेकिङको मज्जा लिएको भएपनि कतिपय स्थानमा धेरै चुनौति र कठिनाईहरुको सामना गर्नुपरेको हैदीले बताइन् । उचाईका कारण माथिसम्म नपुग्ने डर लागिरहेपनि उनीहरुले हिम्मत हारेनन् र यसप्रति गर्व महसुस भएको दुवैले बताएका हुन् । मौसमले पनि उनीहरुको साथ दिएकाले लक्ष्यसम्म पुग्न सकेको हैदीले बताइन् ।

उनीहरुले पहिले काला पत्थरको शिखरमा विवाह गर्ने योजना बनाएको भएपनि उचाईका कारण हैदी बिरामी परेपछि बेस क्याम्पमै विवाह गर्ने निर्णय गरेको बताए । सगरमाथाकै आरोहणका लागि आएका अन्य मानिसहरु र स्थानीयले उनीहरुको विवाहको तस्बिर लिएको बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस