जैमिनीका सबै विद्यालयमा सडक पुर्‍याइने

बुधबार, ०३ माघ २०७४, १० : १३
जैमिनीका सबै विद्यालयमा सडक पुर्‍याइने

बागलुङ । जिल्लाको जैमिनी नगरपालिकाले आफ्नो कार्यक्षेत्रका सबै विद्यालयमा सडकको पहुँच विस्तार गर्ने भएको छ । चालु आवभित्र नगरभित्रका सबै माध्यमिक तहका विद्यालयमा सडक पुग्ने नगरपालिकाले जनाएको छ ।

आउँदो दुई वर्षभित्र आधारभूत तहका सबै विद्यालयमा सडक पु¥याउने योजना नगरपालिकाले बनाएको छ । विद्यालयलाई सडक सञ्जालमा जोड्न प्राथमिकताका साथ काम भइरहेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए ।

“मावि तहका एउटाबाहेक सबै विद्यालय सडकसँग जोडिएका छन्”, प्रमुख पौडेलले भने, “आधारभूत तहका विद्यालयमा आउँदो दुई वर्षभित्र सडक पु¥याउने लक्ष्य छ ।” मावि तहमा वडा नं ७ जैदीको संस्कृति मावि मात्र अहिले सडकको पहुँचबाट बाहिर छ । उक्त विद्यालयमा पनि आउँदो केही महिनामा सडक पुगिसक्ने प्रमुख पौडेलको भनाइ छ ।

विद्यार्थीको आवतजावतमा सहजताका साथै शैक्षिक सुधारमा टेवा पुग्ने ठानेर नगरपालिकाले विद्यालयलाई सडक सञ्जालसँग जोड्ने योजना बनाएको हो । नगरभित्र निर्माणाधीन सडकबाट सहायक मार्ग खोलेर विद्यालयमा पु¥याइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णप्रसाद सुवेदीले बताए ।(रासस)

प्रतिक्रिया दिनुहोस