ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

बुधबार, ०३ माघ २०७४, १० : १०
ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

दाङ । यहाँ ट्रयाक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । तुलसीपुर-सुकौरा सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानको मोडमा मंगलबार रा १ त १६७५ नंको ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका १८ घाइतेमध्ये १६ जनालाई राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।
घाइतेमध्ये दुई जनाको राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस