राप्रपाद्वारा हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनको घोषणा

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, १९ : २०
राप्रपाद्वारा हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
शनिबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरुमा सत्याग्रहसँग सकिनेछ ।
१६ गतेसम्म प्रचार प्रसार, १७ देखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन  र २५ गते जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहरदबारमा एक घन्टा धर्ना राखिएको राप्रपाले जनाएको छ ।

पहिलो चरणको संघर्ष सकिएपछि लगत्तै संघर्षको उचाई र सशक्तता बढाउँदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने राप्रपाले जनाएको छ । यसैबीच मागहरु पुरा गर्नेबारे सरकार सकारत्मक रुपमा प्रस्तुत भए सरकारसँग वार्ताको ढोका सदैव खुला राखिने राप्रपाले बताएको छ । 

राप्रपाले विप्लव माओवादीलाई हिंसा त्याग्न र सरकारलाई प्रतिबन्ध होइन, वार्ताबाट निकास खोज्न आग्रह गरेको छ । त्यस्तै राप्रपाले विगत केही वर्षदेखि तराईका केही जिल्लाहरुमा देश टुक्रयाउने गतिविधि गरिरहेको बिखण्डनकारी सिके राउतसँग भएको नेपाल सरकारको सम्झौता अप्रत्याशित र रहस्यमय ढंगबाट सार्वजनिक भएको आरोप लगाएको छ । 

प्रतिक्रिया दिनुहोस