एन आई सी एशिया बैंकको भाइबर सेवा संचालन

मंगलबार, ०२ माघ २०७४, २० : २४
एन आई सी एशिया बैंकको भाइबर सेवा संचालन

काठमाडौं – एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई मध्य नजर गद सेवालाई थप प्रविधीमुलक बनाउँदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ ।
उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेसनमार्फत एन आई सी एशिया बैंकको पब्लिक एकाउन्टलाई सस्क्राइवगरी यस बाट आवश्यक जानकारी लिन  सकिने छ ।

भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एन आई सी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी,लोन, अनलाइन एकाउन्ट खोल्नेबारे जानकारी लिन सक्नेछन् ।

त्यस्तै, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, ब्याजदरसम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सकिनेछ ।  त्यस्तै गरी, एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवामार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने जनाएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १ सय ५७ शाखा कार्यालयहरु, १ सय ४१ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ ।

प्रतिक्रिया दिनुहोस