रोनाल्डोलाई प्रतिबन्धको सम्भावना

एजेन्सी

शुक्रबार, ०१ चैत्र २०७५, १३ : २५
रोनाल्डोलाई प्रतिबन्धको सम्भावना

 एटलेटिको म्याड्रिड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युभेन्टसको पुनरागमनमा नायक बनेका क्रिस्टियानो रोनाल्डोलाई १ खेल प्रतिबन्ध पर्नसक्ने देखिएको छ । 

च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २(० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण कारवाहीमा पर्न सक्ने बुझिएको छ ।

पहिलो लेगमा एटलेटिको प्रशिक्षक डिएगो सिमोनले पनि त्यस्तै शैलीमा खुशी मनाउँदा उनले २० हजार युरो जरिवाना तिर्नु परेको थियो । आफ्नो आलोचकहरुलाई गोल सेलिब्रेसन मार्फत विभिन्न सन्देश छाड्दै आएका रोनाल्डोले सिमोनको त्यस सेलिब्रेसनलाई दोहोर्याउदा युरोपेली फुटबल निकाय युईएफएले उनीमाथी पनि कारबाही गर्ने प्रवल सम्भावना देखिएको हो । खेलाडी भएका कारण र खेलको मैदानभित्र उक्त हर्कत गरेका कारण उनले प्रतिबन्ध पाउने सम्भावना बढेको हो  ।

प्रतिक्रिया दिनुहोस