काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको अभिनेत्री रेखा थापाले विरोध गरेकी छन् । अभिनेत्री थापाले यो निर्णयबाट देशमा द्वन्द्व निम्तिने बताएकी छन । सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै उनले त्यसप्रति आर्कोश समेत पोखेकी छन् ।
सामाजिक संजाल फेसबुक फ्यान पेज र एकाउन्टमा स्टाटस लेख्दै नायिका थापाले यसप्रति आक्रोश पोखेकी हुन् । फेसबुकमा स्टाटस लेख्दै थापाले भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ रु जबर्जस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो रु प्रतिवाद हुने निश्चित छ ।
सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध र सीके राउतसँग गरेको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै नायिका थापाले यस्तो आरोप लगाएकी हुन् । सरकारले यी दुई काम गरेर मुलुकमा जबर्जस्ती युद्ध थोपर्न खोजेको अभिनेत्री थापाको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ फागुन २०७५, १७ : ०४
लेखकबाट थप