एजेन्सी । बलिउड नायिका समिरा रेड्डी दोस्रो पटक आमा बन्दैछिन् । उनले एक कार्यक्रममा गर्भावस्थापछि महिलाको शरिरबारे टिप्पणी गर्नेहरुलाई गतिलो जवाफ दिएकी छिन् ।
मंगलबार ३४ वर्षे नायिकाले गर्भावस्थापछि महिलाको तौलको खिल्ली उडाउनेका लागि जो कोही करिना कपुरजस्तो हुन नसक्ने बताएकी छिन् ।
टाइम्स अटो अवार्डको ११ औं संस्करणको रेड कार्पेटमा समिराले आएएनएसलाई भनिन्, ‘त्यस्ता व्यक्तिलाई म एउटा प्रश्न सोध्न चाहन्छु । तपार्ईंहरु कहाँबाट आउनुभएको हो ? तपाईंहरु आमाको कोखबाटै जन्मिनु भएको हो । के तपाईंकी आमा तपाईं जन्मिएको बेला एकदम हट हुनुहुन्थ्यो ? यस्तो प्रतिक्रिया गर्नु लज्जास्पद हो किनभने यो नितान्त प्राकृतिक कुरा हो जुन निकै सुन्दर र अद्भूत छ ।’
‘यहाँ करिनाजस्ता निकै सेक्सी र हट देखिने व्यक्ति पनि छन् र अर्कोतर्फ मजस्ता (पहिलाको जस्तो सेपमा आउन समय लाग्ने) हरु पनि छन् । मलाई पहिलो सन्तान जन्मिएपछि पहिलेकै ढाँचामा आउन समय लाग्यो, यस्तो दोस्रो सन्तान जन्माएपछि पनि हुनसक्छ,’ उनले भनिन् ।
उनले मानिसहरुलाई जस्तो छन् त्यही रुपमा स्विकार गर्नुपर्ने बताइन् । ‘मसँग सुपर पावर छ । म एउटा बच्चालाई जन्म दिने तयारीमा छु’ उनले थपिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ फागुन २०७५, १६ : ३८
लेखकबाट थप