चन्द्र भण्डारी भन्छन्,- 'तत्काल कांग्रेस नेतृत्व परिवर्तन सम्भव छैन, महाधिवेशनले मात्रै नयाँ नेतृत्व चयन गर्छ'

मंगलबार, ०२ माघ २०७४, १६ : ४६
चन्द्र भण्डारी भन्छन्,- 'तत्काल  कांग्रेस नेतृत्व परिवर्तन सम्भव छैन, महाधिवेशनले मात्रै नयाँ नेतृत्व चयन गर्छ'

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नहुने दावी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै  नेता भण्डारीले तत्काल नेतृत्व परिवर्तन सम्भव नरहेको प्रतिक्रिया दिएका हुन् । उनले केन्द्रिय समिति बैठकले महासमिति बैठक बोलाउने र त्यसले तय गरेको महाधिवेशनले मात्रै नयाँ नेतृत्व चयन गर्ने बताए ।

उनले मुलुकलाई विग्रन नदिने गरी काँग्रेसमा सुधार ल्याउने दावी पनि गरे । पार्टीमा सुधार एजेन्डाले ल्याउने स्मरण पनि गराए ।
भण्डारीले कम्युनिष्टहरुले मुलुकलाई विगार्न खोजे खवरीदारी गर्न पनि काँग्रेसलाई विधिसम्मत ढंगले सुधार गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस