रोनाल्डोको ह्याट्रिकले युभेन्टस क्वाटरफाइनलमा पुग्दा उनकी प्रेमिकाले थाम्न सकिनन् आँशु

एजेन्सी

बुधबार, २९ फागुन २०७५, ११ : १९
रोनाल्डोको ह्याट्रिकले युभेन्टस क्वाटरफाइनलमा पुग्दा उनकी प्रेमिकाले थाम्न सकिनन् आँशु

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गर्दै आफ्नो टिम युभेन्टसलाई च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गराएका छन् ।
मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब  एथ्लेटिको म्याड्रिडमाथि ३–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लब युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको हो । युभेन्टसले समग्रमा एट्लेटिको मड्रिडमाथि ३–२ गोलअन्तरले जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा भने युभेन्टस २–० गोलअन्तरले पारजित भएको थियो ।
पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । युभेन्टसका लागि खेलको २७औं मिनेटमा रोनाल्डोले गोल गरे ।
त्यस्तै, ४९औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका रोनाल्डोले खेलको ८६औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक पूरा गरेका छन् ।
युभेन्टसलाई एथ्लेटिको म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट पुनरागमनमध्ये एकका लागि प्रेरित गर्दा क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिकालाई समेत रुवाए । 
खेलको ८६ औँ मिनेटमा जोन ओबलाकबिरुद्ध पेनाल्टी गोल गरेपछि रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज निकै भावुक देखिएकी थिइनन् । उनले आफ्नो खुसीको आँशु रोक्न सकिनन् । उता, छोरा क्रिस्टियानो जुनियरले पनि गोलको खुसियाली मनाउँदै गरेको देखिएको थियो ।

खेलपछि रोड्रिग्वेजले इन्सटाग्राममार्फत रोनाल्डोको सफलतामा बधाई दिएकी छिन् । रोनाल्डोको बाल्यकालको तस्विर पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘यो ३–० कसैले तिमीबाट खोस्न सक्दैन । तिमी यसको हकदार हौ, यो तीन गोलका लागि मात्र होइन । यो तिम्रो मिहिनेताको लागि हकदार हौ । हामी हरेक दिन तिम्रो साथमा छौँ । भगवान थाहा छ । भगवानले यो तिमीलाई दिनुहुन्छ किनभने फुटबलको दुनियाँ तिम्रो हो ।’
 

प्रतिक्रिया दिनुहोस