सन्दिप लामिछाने स्वदेश फर्कदै

मंगलबार, २८ फागुन २०७५, १२ : ३९
सन्दिप लामिछाने स्वदेश फर्कदै

काठमाडौँ ।  राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो । 

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टिम लाहोरले प्रतियोगिताको १० खेलमा छ अङ्क जोड्ेको थियो । उनकोे टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस