सन्दीप लामिछानेको टिम लाहोर पाकिस्तान सुपर लिगको समुह चरणबाटै बाहिरियो

सोमबार, २७ फागुन २०७५, १४ : १०
सन्दीप लामिछानेको टिम लाहोर  पाकिस्तान सुपर लिगको समुह चरणबाटै बाहिरियो

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग (पीएसएल)को समुह चरणबाटै बाहिरिएको छ । गएराती भएको खेलमा कराँची किंग्सले क्वेटा ग्याडियटर्सलाई १ रनले पराजित गरेपछि लाहोरको अघिल्लो चरणको सम्भावना सकिएको हो । १ सय ९१ रनको लक्ष्य पक्ष्याएको क्वेटा ग्याडियटर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएपछि कराँची प्ले अफमा पुग्दा लाहोर बाहिरिनु परेको हो । लाहोरले आज अन्तिम खेल मुल्तान सुल्तानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा कराँचीमा हुने छ । यी दुबै टोली समुह चरणबाटै बाहिरि सकेको अवस्थामा दुवैलाई आजको खेल प्रतिष्ठाको लडाईंमात्र हुने छ ।

क्वेटा ग्ल्याडीयटर्सले १० खेलमा ७ मा जित र ३ मा हारका साथ १४ अंक जोड्दै शिर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरि सकेको छ । पेशवार जाल्मीले ९ खेलमा ६ मा जित र ३ मा हार ब्योहोर्दै १२ अंकका साथ दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान पक्का गरेको छ । तेस्रो स्थानमा रहेको ईस्लामवाद युनायईटेडले १० खेलमा समान ५ मा जित र ५ मा हारका साथ १० अंक जोडेको छ ।

कराँची किंग्सले ९ खेलमा ५ मा जित र ४ मा हारका साथ १० अंक जोड्दै चौथो स्थानमा छ । यता समुह चरणबाटै बाहिरी सकेको लाहोरले ९ खेलमा ६ मा जित र ३ का हारका साथ पाँचौ र मुस्तान सुल्तान समान खेलबाट ७ मा हार २ मा जितका साथ पुछारमा छन् । सन्दीपले जारी पिएसएलमा ६ खेलमा ११ विकेट आफ्नो नाममा लेखाएका छन् । अन्तर्राष्ट्रिय फे्रन्चाइज लिगहरु खेल्न भ्याई नभ्याई रहेको सन्दीप पिएसएलपछि मार्च २३ देखी सुरु हुने आईपीएल खेल्न दिल्ली जाने छन् ।

प्रतिक्रिया दिनुहोस