नेकपा नेतृत्वको सरकार सफल : महासचिव पौडेल

शनिबार, २५ फागुन २०७५, २१ : ०३
नेकपा नेतृत्वको सरकार सफल : महासचिव पौडेल

file photo

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र देशको एकीकृत अस्तित्व अस्वीकर प्रवृत्तिको अन्त्य गर्न वर्तमान सरकार सफल भएको जिकिर गर्नुभएको छ । उहाँले विखण्डनकारी प्रवृत्तिलाई शान्तिपूर्ण माध्यमबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुरुपको सबै व्यवस्था स्वीकार गराउन सफल भएको बताउनुभयो । 

महासचिव पौडेलले तत्कालीन नेकपा(एमाले)का कुशल सङ्गठक जीवराज आश्रितको स्मृतिमा बुटवलमा स्थापित जीवराज आश्रित प्रतिष्ठानद्वारा स्थापना गरिएको सङ्ग्राहालयको आज बुटवलमा उद्घाटनमा सरकारले देशलाई समृद्धिको बाटोमा अघि बढ्न सक्षम बनाउँदै लगेको बताउनुभयो । उहाँले शान्ति, विकास र सुशासनका सन्दर्भमा कसैसँग नझुक्ने स्पष्ट पार्नुभयो । 

उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, औद्योगिकीकरण र बजारीकरणमा वर्तमान सरकारले प्रमुख प्राथमिताका साथ योजना अगाडि बढाएको बताउनुभयो । महासचिव पौडेलले रुपन्देहीमा सञ्चालित ठूला साना आयोजनाका काम गुणस्तरी र समयमा सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जीवराज आश्रित प्रतिष्ठानका संस्थापक अध्यक्ष पूर्वसांसद देवेन्द्र घिमिरेले प्रतिष्ठानको अवस्था र आगामी कार्ययोजना बारेमा जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस