जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् : अध्यक्ष थापा

शनिबार, २५ फागुन २०७५, १५ : २०
जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् : अध्यक्ष थापा

भीमदत्तनगर  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा सुधार नभएसम्म जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न नसक्ने धारणा राख्नुभयो । 

उहाँले जनभावनाअनुसार काम गर्न सरकारसित आग्रह गर्दै राष्ट्र विखण्डनको विषय कदापी स्वीकार्य नहुने बताउनुभयो । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको अध्यक्ष थापाको आरोप थियो । (रासस)

प्रतिक्रिया दिनुहोस