जंगलको आगलागीमा दुईको मृत्यु

मंगलबार, ०२ माघ २०७४, १० : ०२
जंगलको आगलागीमा दुईको मृत्यु

रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए ।

दुवैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ ।

आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएका छन्  । बोहराको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । सो जंगलमा लागेको आगो नियन्त्रणमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस