प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

मंगलबार, ०२ माघ २०७४, ०९ : ३६
प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

काठमाडौं । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको  छ ।

एमाले माओवादीसँग छलफलपछि आज बस्ने मन्त्रिपरिषद बैठकले  प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने  बताइएको छ ।

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस