लुट्नका लागि नेकपा नाम नराख्न विप्लव समूहलाई प्रधानमन्त्रीको चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, २४ फागुन २०७५, १५ : २४
लुट्नका लागि नेकपा नाम नराख्न विप्लव समूहलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले नेकपा विप्लव समूहलाई  ‘लुटेरा समुह’को संज्ञा दिएका छन् ।

सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताए । ‘नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा । विप्लव समूह भन्ने छ एउटा । कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ उनले भने, ‘आफूले पनि नेकपै भन्नु पर्‍या छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’

‘नेकपा भन्ने नाम हटाएर लुटेरा समूह विप्लव वा प्रकाण्ड भने हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाटो छोड अन्यथा सरकारले शान्ति सुरक्षा बहाल गर्न उचित कदम चाल्छ, म सुन्नेगरी भन्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दामा नाममा लुट्दै हिँडेको आरोप लगाएका छन् ।

‘विप्लव समुह लुट्ने समुह हो, चन्दाका नाममा लुटेर हिँड्न, हत्या गर्दै हिँड्न र विष्फोट गराउन मिल्दैन’ ओलीले भने, ‘विष्फोट गराउने अनि कम्युनष्टि पार्टी नाम लिँदै हिँड्ने रु यस्तो काम बन्द गर्नुस् ।’

पछिल्लो समय विप्लवका कार्यकर्ताबाट बरामद भएको हतियार र पोष्टर समेत आफुले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विप्लव समुहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस