काठमाडौं । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सिके राउतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
सहमतिको पहिलो बुँदामा राउतले मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ फागुन २०७५, १४ : ४२
लेखकबाट थप