राष्ट्रिय टोलीमा फर्किए मेस्सी

एजेन्सी

शुक्रबार, २४ फागुन २०७५, ०९ : २२
राष्ट्रिय टोलीमा फर्किए मेस्सी

एजेन्सी । रुस विश्वकप पछि स्पेनको बार्सिलोनामै रमाई रहेका कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् । राष्ट्रिय टोलीमा खेल्ने नखेल्ने चर्चा भईरहेको बेला मेस्सी ९ महिना पछि टोलीमा फर्किएका हुन् । 

रुस विश्वपमा अर्जेन्टिनाले प्रिक्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो । प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग हार खेपेपछि मेस्सी निरास बनेका थिए । त्यसपछि लामो समय विश्राम लिएका मेस्सीलाई नयाँ प्रशिक्षक लियोनल स्कालोनीले भेनेजुएला र मोरोक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा बोलाउन सफल भएका छन् । 

अर्जेन्टिनाले आगामी २२ मार्चमा स्पेनमा भेनेजुएला र २६ तारिख मोरोक्कोसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । प्रशिक्षक स्कालोनीले मेस्सीलाई बोलाउँदा अन्य स्टार खेलाडीहरु सर्जियो अग्युरो, गोन्जलो हिगुइन, मौरो इकार्डीलाई समाबेश गरेका छैनन् । लौउटारो मार्टिनेज, जियोभानी सिमिओनी र डारियो बेनेडेटोले भने मौका पाएका छन् । 

प्रतिक्रिया दिनुहोस