फेशन शो हेर्न नेतालाई दुतावासमा निम्तो

शुक्रबार, २४ कार्तिक २०७४, २० : ०२
फेशन शो हेर्न नेतालाई दुतावासमा निम्तो

काठमाडौं । देशमा चुनावी चहल पहल बढी रहेकै बेला भारतीय दूतावासले नेपाली नेताहरुलाई फेसन शो देखाउने भएको छ ।
आज साँझ भारतीय दूतावासभित्र हुन गइरहेको फेशन शो कार्यक्रम हेर्नका लागि डिनरसहित राजनीतिक दलका नेता, उद्योगी, कुटनीतिक, पत्रकार, बुद्धिजिवीहरुलाई आमन्त्रण गरिएको भारतीय दूतावासले जनाएको छ ।

साउन इण्डिया फाउण्डेशन आयोजना तथा दूतावासको सहयोगमा कात्तिक २१ गते विभिन्न कार्यक्रमहरु भइरहेको छ । सोही कार्यक्रम अन्तर्गत आज फेशन शो हुन लागेको हो । भोली भृकुटीमण्डपमा सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस