युभेन्टस उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो बनाउँदै

एजेन्सी

सोमबार, २० फागुन २०७५, ०९ : ५७
युभेन्टस उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो बनाउँदै

एजेन्सी । इटालियन सिरी ए को साविक विजेता युभेन्टसले यस सिजन पनि लिग उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो पारेको छ । आइतबार दोस्रो स्थानको नेपोलीलाई २-१ ले पराजित गर्दै युभेन्टसले अपराजित यात्रा कायम राख्दै १६ अंकको अग्रता कायम गरेको छ । 

युभेन्टसको २६ खेलबाट ७२ अंक छ । नापोलीले समान खेलबाट ५६ अंक बनाएको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । २५ औं मिनेटमा नापोलीका गोलरक्षक एलेक्स मेरेटले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई लडाएपछि एलेक्सले रातो कार्ड पाएका थिए । त्यही फ्रिकिकमा युभेन्टसका मिरालेम पजानिकले गोल गरे । ३९ औं मिनेटमा इम्रे क्यानले हेड गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

युभेन्टस दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटियो । मिलालेम पजानिकले दोहोरो पहेलो (रातो) कार्ड पाउँदै बाहिरिए । त्यसपछि नापोलीले ६१ औं मिनेटमा एक गोल फर्कायो । नापोलीका जोस कलेजोनले गोल गरेका थिए । खेलको अन्तिममा नापोलीले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर गुमाएको थियो । नापोलीका लोरेजो इन्सिग्नेको प्रहार पोस्टमा लागेर बाहिरिएपछि युभेन्टस विजयी भएको हो । 

प्रतिक्रिया दिनुहोस