पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता: सेमीफाइनल समिकरण पुरा

सफल खबर संवाददाता

आइतबार, १९ फागुन २०७५, २१ : ३१
पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता: सेमीफाइनल समिकरण पुरा

चितवन ।  पर्यटकीय नगरी पटिहानीमा “पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५” को सेमीफाइनल समीकरण पुरा भएको छ ।
फाइनल प्रवेशको लागि चुल्हो रेष्टुरेन्ट नारायणगढ र  डि.वाई.सी. बलुवा, मेघौली एवं कालीबहादुर गण, भरतपुर र हनुमाननगर युथ क्लव बीच प्रतिस्पर्धा हुनेछ । आज भएको खेलमा चुल्हो रेष्टुरेन्टले सेभेन स्टार युवा क्लव,भरतपुरलाई पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो । चुल्होले सेभेन स्टारलाई (२५ – १६ ) र (२५–२३) को सोझो सेटमा पराजित गर्‍यो।
डि.वाई.सी. बलुवाले आयोजक पद्मोदय युवा क्लवलाई (२५–१४) र (२५–१०)  को सोझो सेटमा पराजित गर्दै सेमीफाइन प्रवेश गर्‍यो । फाइनल प्रवेशका लागि भोलि (सोमवार) नै हनुमाननगर युथ क्लवले काली बहादुर गण, भरतपुरको सामना गर्नेछ भने हनुमाननगरले आज भएको खेलमा सुन्दर संगम युवा क्लव, सुन्दरवस्तीलाई (२५–१८) र (२५–१९) को सोझो सेटमा पराजित गर्‍यो । कालीबहादुर गण भरतपुरले भने समाजसेवा युवा क्लव, पदमपोखरीलाई (२५–८) र (२५–९) को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गर्‍यो । 
शिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा जारी प्रतियोगिता भोलि (सोमवार) सकिनेछ । हरेक वर्षको महाशिवरात्रीको अवसरमा प्रतियोगिता हुदै आएको छ । प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो ।
भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु ५० हजार, रु ३० हजार, रु १० र रु १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताका प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् । बिगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्रा््ष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस