नेपालीको चाहाना पूरा गर्न टेष्ट क्रिकेट खेल्न चाहान्छौँ : सन्दीप लामिछाने

आइतबार, १९ फागुन २०७५, १६ : २४
नेपालीको चाहाना पूरा गर्न टेष्ट क्रिकेट खेल्न चाहान्छौँ  : सन्दीप लामिछाने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपालीको चाहाना पूरा गर्न नेपाली क्रिकेट टिम टेष्ट क्रिकेट खेल्न चाहेको बताएका छन् ।  पाकिस्तान सुपर लिग (पिएसल) भाग लिन दुबई पुगेका सन्दीपले क्रिकइन्फोसँग कुराकानीमा यस्तो बताएका हुन् । उनले आफ्नो क्रिकेट जीवन, नेपाली क्रिकेट र विदेशी लिगहरुको बारेमा बोलेका छन् । सन्दीपले विश्वका विभिन्न लिगमा फरक स्पिनरहरुसँग खेल्दा फरक कुराहरु सिक्ने मौका पाएको पनि बताएका छन् ।
यस्तै अहिले (पिएसएल) मा लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपको टिममेटका रुपमा पाकिस्तानी स्पिनर यासिर शाह छन्। उनले पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।
यस बाहेक सन्दीपले नेपाली घरेलु क्रिकेट, यसको संचरना लगायत भौतिक पूर्वाधारको बारेमा पनि बोलेका छन । साथै उनले आफ्नो आइडल क्रिकेटर नेपालको कप्तान पारस खड्का भएको बताएका छन्।
 

प्रतिक्रिया दिनुहोस