काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले घर तथा कार्यालयमा बसी झण्झटरहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरु बैंकको वेबसाइटमा गइ लगिन गरि ‘अपडेट केवाइसी अनलाइन’ मा आफ्नोे खाता नम्बर, मोवाइल नम्बर र ईमेल आइ.डी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस