महालक्ष्मी विकास बैंक बजार सरसफाईमा

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १७ : १९
महालक्ष्मी विकास बैंक बजार सरसफाईमा

काठमाडौ । महालक्ष्मी विकास बैंक नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको सो सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो । सो कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनासलु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणलाई बैकिङ्ग कारोबार सम्बन्धी जानकारी गराएका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । त्यस्तै बैंकले मंगलबार नै सरसफाईलाई लक्षित गरी बैंकको कावासोती शाखाले ‘डस्टबिन’ वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नम्बर १२, धनन्चलस्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा ‘डस्टबिन’ वितरण गरेको छ ।
बैंकले आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस