संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मत अनुमोदन

सफल खबर संवाददाता

आइतबार, १४ पुस २०८१, १५ : २२
संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मत अनुमोदन

काठमाडौं। संसदीय सुनुवाई समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।

समितिकी सभापति ईश्वरी न्यौपानेले नेपालीको नाम अनुमोदन भएको जानकारी दिइन् । यसअघि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय समितिले अनुमोदन गरेसँगै अब राष्ट्रपतिले नेपालीलाई राजदूतमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस