बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि सोचेजस्तो विकास हुन सक्दैन : डा भट्टराई

शनिबार, ११ फागुन २०७५, १२ : ५४
बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि सोचेजस्तो विकास हुन सक्दैन : डा भट्टराई

दुल्लु । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताउनुभएको छ । 

पार्टीको एक महीने अभियानका क्रममा दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रममा उहाँले अख्तियार आयोगको जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन नसक्ने टिप्पणी गर्नुभयो । बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा औँल्याउँदै उहाँले विज्ञान र प्रविधिले पुरातन विश्वास भत्काएका कारण आशा जगाएको बताउनुभयो । 

सोही अवसरमा जिल्लास्थित राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारणले सशस्त्र युद्धकालमा भएको मानवीय तथा भौतिक क्षतिको दोषबाट नयाँ शक्ति उम्कन नहुने, पीडितको न्यायका लागि दायित्व लिनुपर्ने, सामाजिक तथा सांस्कृतिक समस्याका विषयलाई समेत जनसंवादको विषयवस्तुमा समेट्न सुझाव दिएका छन् ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस