पदमोदय पुरुष भलिवल प्रतियोगिता फागुन १८ देखि

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, १८ : ४८
पदमोदय पुरुष भलिवल प्रतियोगिता फागुन १८ देखि

चितवन । पर्यटकीय नगरी पटिहानीमा पदमोदय युवा क्लवको आयोजनामा यहीँ फाल्गुन १८ गतेदेखि 'पदमोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५' हुनेभएको छ । क्लवका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा आज सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । 

हरेक बर्ष महाशिबरात्रीको अवसर पारेर आयोजना हुँदै आएको प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा  प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु ५० हजार, रु ३० हजार र रु १०/१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क रु २ हजार तोकिएको छ । 

प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसअन्तर्गत टिम व्यवस्थापनमा सुर्य गुरुङ, खेल व्यवस्थापनमा मनि प्रसाद गुरुङ, आर्थिक व्यवस्थापनमा रामनाथ पन्त, युवा परिचालनमा पदम बहादुर पौडेल, प्रचारप्रसारमा सन्जिब पाण्डे, सचिवालय व्यवस्थापनमा कुशल पौडेल र हरिभक्त भण्डारी, प्रविधि व्यवस्थापनमा नारायण भट्ट, प्राथमिक उपचारमा भुपाल शमशेर जवरा लगायतका चयन भएका भएका छन् ।

प्रतियोगिताका प्रवर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् । विगत लामो समयदेखि भलिवल प्रतियोगिता गर्दै आएको क्लवले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस