मोन्टपेलरसँग पीएसजीको फराकिलो जित

एजेन्सी

विहीबार, ०९ फागुन २०७५, ०९ : ००
मोन्टपेलरसँग पीएसजीको फराकिलो जित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वनअन्तर्गत बुधबारको खेलमा मोन्टपेलरलाई ५-१ ले पराजित गरेको छ ।
पीएसजीले खेलको १३ औं मिनेटमा लेभिन कुर्जावाको गोलमा अग्रता लिएको थियो । तर पाहुना टोलीका फ्लोरेन्ट मोलेटले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारियाले फ्रिकिकमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा भिटोरिनो हिल्टनले आत्मघाती गोल गरेपछि पीएसजीको अग्रता थप फराकिलो भयो । लगत्तै किलियन एमबाप्पेले गोल गर्दै पीएसजीको फराकिलो जित पक्का गरे । उनले जारी सिजन १९ लिग खेल खेल्दै २० औं गोल गरेका हुन् ।

यस जितसँगै पीएसजीले २४ खेलमा ६५ अंक जोड्दै १५ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको लिलले २५ खेलमा ५० अंक जोडेको छ ।
 

प्रतिक्रिया दिनुहोस