पार्टीको महाधिवेशन समयमा नै  हुन्छ : नेता केसी

सोमबार, ०६ फागुन २०७५, १९ : २५
पार्टीको महाधिवेशन समयमा नै  हुन्छ : नेता केसी

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन समयमा नै हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले समय सीमाभित्रै महाधिवेशन गरेर निष्पक्ष पारदर्शी ढङ्गले हुनुपर्ने बताउनुभयो । महाधिवेशनपछि पार्टीलाई नेतामुखी नभई नीतिमुखी, विधिमुखी नभइ संस्थामुखी र पारदर्शी बनाउन काङ्ग्रेसको ध्यान केन्द्रित रहेको उहाँले जानकारी गराउनुभयो । काङ्ग्रेसले महाधिवेशनपछि राष्ट्रव्यापी कार्यक्रम शुरु गर्ने नेता केसीले बताउनुभयो । 

काङ्ग्रेसभित्र ठूलो सुधार र एकताको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एकता भन्दैमा दुई जनाले हात मिलाएर हिँड्दैमा नभइ विचार, पद्धति, मूल्य र नीतिगत रुपबाट वैधानिक प्रक्रियाबाट एकता हुनुपर्छ ।” (रासस)

प्रतिक्रिया दिनुहोस