जितु नेपाल किन छुटिए ‘छक्का पञ्जा’ टिमबाट, यस्तो छ कारण

आइतबार, ०५ फागुन २०७५, १५ : ०५
जितु नेपाल किन छुटिए ‘छक्का पञ्जा’ टिमबाट, यस्तो छ कारण

काठमाडौँ । चलचित्र छक्का पञ्जा ४ सम्म दिपा–दिपकसँगै काम गरेका जितु नेपाल मुन्द्र ‘छक्का पञ्जा’ टिमबाट बाहिरीएका छन् । दिपक दीपा यतिबेला छक्का पञ्जा ४ लाई रोकेर गाजलु फेम निर्माता रोहित अधिकारीसंग मिलेर नयाँ फिल्म निर्माणमा जुटिरहेका छन् । जुन फिल्ममा छक्का पञ्जाका टिम नै रहने चर्चा थियो तर रोहितसंगको कोलाब्रेसनमा बन्न लागेको फिल्मबाट जितु नेपाल बाहिरिएका हुन् ।
उनी फिल्मबाट बाहिरिनुको कारण भने ‘मुन्द्रेको कमेडी क्लब ‘ कार्यक्रम भएको जनाईएको छ । यस पटक जितु नेपाल फिल्म निर्माता र कलाकारको रुपमा नरहने दिपकले बताएका छन् । तर फिल्ममा केदार घिमिरे माग्ने बुढा भने एसोसिएट हुने भएका छन् । सम्भवत अब जितु नेपाल यो फिल्मपछि आउँने छक्का पञ्जा ४ मा मात्र देखिने भएका छन् ।
यता जितुले आफनो शो पनि एक बर्षसम्म गर्ने मात्र योजना बनाएका छन् । शोको लोकप्रियता हेरेरमात्र यसको अवधी लम्ब्याउने उनले सुरुवाती चरणमा नै बताईसकेका छन् । जे होस छक्का पञ्जा टिमसंग जितु यस पटक भने बाहिरिएका छन् । दिपक यतिबेला सो नयाँ फिल्मका लागि स्क्रिप्ट लेखनमा व्यस्त रहेका छन् । जसलाई दिपेन्द्रे लामाले निर्देशन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस