देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं : प्रचण्ड

शनिबार, २९ पुस २०७४, १७ : २१
देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं  : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागेको  बताएका छन् ।

देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा अध्यक्ष दाहालले मुलुक धेरै अप्ठ्याराहरु पार गर्दे सही बाटोमा आएको भएपनि चुनौति हटिनसकेको बताए । साथै  राजनीतिक स्थायित्व कायम गरि मुलुकलाई सुसासन र विकास उन्मुख गराउने विषय वामगठबन्धनका लागि चुनौतिपुर्ण भएको समेत बताएका छन् ।

संविधान कार्यान्वयन नभएन भने देश के हुने भन्ने द्धविधा, शंका र कयौ अप्ठारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौति दुवै भएको उनको भनाई थियो । राजनितिक स्थायित्व, सुसासन र विकास वामगठबन्धनको औचित्य भएको भन्दै उनले चुनौतिलाई पार गर्दै अवसर उन्मुख हुनुपर्ने उल्लेख गरे ।
 
अध्यक्ष दाहालले संविधान कार्यान्वय भई राजनितिक संक्रमण हटिसकेको अवस्थामा राजनितिक नेतृत्व पनि निराशाको बीचमा नभई नया आत्मविश्वास र उत्साहका साथ अघि बढेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस