राजनीतिक परिवर्तनमा शिक्षक समुदायको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

शुक्रबार, ०३ फागुन २०७५, १४ : ३६
राजनीतिक परिवर्तनमा शिक्षक समुदायको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

फाईल तस्विर

काठमाडौँ । पूर्वप्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिकमा शिक्षक समुदायबाट धेरै नेता सहभागिता रहेको बताउनु भएको छ ।
शुक्रबार माध्यमिक विद्यालय शिक्षक यूनियनको प्रथम राष्ट्रिय भेलाको काठमाडौँमा उद्घाटन गर्दै उहाँले शिक्षक क्षेत्र राजनीतिक परिवर्तनको पृष्ठभूमि तयार पार्न शिक्षकहरुको अग्रणी भूमिका रहेको उल्लेख गर्नुभयो ।
“ म पनि ३ वर्ष शिक्षक भएरै राजनीतिमा प्रवेश गरेको हुँ ” उहाँले भन्नुभयो,“राजनीतिमा नेतृत्वमा रहेकाहरुलाई शिक्षा क्षेत्रको मर्म राम्रोसँग जानकार हुनुहुन्छ । अहिले निर्माण भईरहेको शिक्षा नीति तथा विधेयकमा यहाँहरुको माग सम्बोधन हुन्छ ।”
प्रचण्डले वर्षौदेखि देशमा रहेका समस्याहरुलाई वर्तमान सरकारले समधान गर्न तर्फ लागेको बताउनुभयो ।
देशमा स्थिर सरकार रहेकाले यो पटक ती सबै समस्याहरु समधान हुने बताउनुभयो ।
“ती समस्यालाई समधान गर्ने समय यही हो”उहाँले भन्नुभयो,“यो अवस्थामा पनि आधारभूत समस्याहरु समधान नभए कहिले हुन्छ ? समृद्धको मुद्धामा प्रतिपक्ष दल पनि अहिले सकारात्मक छ ।”
अध्यक्ष दाहालले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
उहाँले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका काममा गम्भिर बन्न पनि सरकारलाई सुझाव दिनु भयो ।

त्यस अवसरमा अध्यक्ष दाहालले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिरतापूर्वक छलफल गर्ने आश्वासन पनि दिनुभयो ।
 

 

प्रतिक्रिया दिनुहोस