भक्तजनले बालेको धूपबत्तीबाट आगलागी हुँदा रु ३० लाखको क्षति

शनिबार, २९ पुस २०७४, ११ : ५८
भक्तजनले बालेको धूपबत्तीबाट आगलागी हुँदा रु ३० लाखको  क्षति

काठमाडौं । काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ ।

भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुगेका थिए । घटनामा मानवीय क्षति भएको छैन ।(रासस)

प्रतिक्रिया दिनुहोस