चितवन । उद्योग बाणिज्य सघंको नयाँ नेतृत्वको लागि २ वटा प्यानल मैदानमा होमिएका छन् । निर्वाचनमा वर्तमान बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पुर्व बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान अध्यक्षका उम्मेदवार हुन् । दुबै उम्मेवार चुनाव जित्नेमा निर्धक देखिन्छन् । अघिल्लो निर्वाचनमा एउटै प्यानलबाट चुनाव लडेका उनीहरु अहिले घम्सा घम्सी गरिरहेको पाईएको छ । अध्यक्षका उम्मेदवार सहनलाल प्रधान अघिल्लो पटक अध्यक्षमा पराजय भएपनि यस पटक निर्वाचन जित्ने कसैले नरोक्ने बताउछन् ।
त्यसतै अध्यक्षका अर्का उम्मेदवार राजु श्रेष्ठ व्यावसायीको हरेक समस्यामा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेकाले चुनाव आफ्नो पक्षमा आउने दाबी गर्ने गरेका छन् । निर्वाचनको लागि घर दैलो र व्यावसायीसगँ अन्तरक्रियाको क्रममा एकले अर्कालाई आरोप प्रत्यारोप गर्न पछाडी परेका छैन्न । बारिष्ठ उपाध्यक्षसम्म नेतृत्व गरेर रिङ बाहिर रहेका सहनलाल प्रधान यस पटकको निर्वाचनमा जित निकाल्न कुनै पनि कसुर बाकी नराख्ने गरि मैदानमा देखिएका छन् ।
त्यसतै अर्का उम्मेदवार राजु श्रेष्ठ जोड बलका साथ अध्यक्ष पद आफ्नो पोल्टामा पार्ने गरी खोरो रुपमा प्रस्तुत भएका छन् । यस अवधीमा दुबै उम्मेदवारले व्यावसायीको हक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना भावी योजना र एजेण्डाहरु फ्लोरमा राखि सकेका छन् । यो सगै उनीहरुले एकले अर्काको बारेमा आक्षेप लगाउन भने बाँकी राखेका छैनन् । उनीहरुले एकै कार्यक्रममा रहेर एकले अर्काको अभिव्यक्ति प्रति यसरी खण्डन गर्न भ्याएका थिए ।
प्रतिक्रिया दिनुहोस