निर्वाचन आयोगले अड्को थाप्ने काम गरिरहेको छ : दीनानाथ शर्मा

शुक्रबार, २८ पुस २०७४, १८ : १०
निर्वाचन आयोगले अड्को थाप्ने काम गरिरहेको छ : दीनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले सो आरोप लगाएका हुन् ।

साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको छ, यो समयमै मतपरिणाम घोषणा गर्नुपर्दथ्यो तर अहिलेसम्म गरेन, यो दुःखको कुरा हो ।’ उनले एउटा निर्वाचनको अर्को निर्वाचनसँग कुनै सम्बन्ध नभएको पनि जिकिर गरे ।

शर्माले समानुपातिकतर्फको मतपरिणाम आयोगले रोक्नुको कुनै कारण नभएको पनि स्पष्ट पारे । उनले भने,’आयोगले अहिले जे गरिरहेको छ, त्यो बेठीक गरेको छ, सरकार बनाउने काममा आयोगले हलो अड्काउने काम गर्‍यो ।’

प्रतिक्रिया दिनुहोस