स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

पत्रपत्रिकाबाट

शुक्रबार, २५ माघ २०७५, २१ : २०
स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ । फ्ल्याग्शिप देखि सस्तो बजेट स्मार्टफोन सम्म पनि दुई वा दुईभन्दा बढी क्यामरा भएका स्मार्टफोनहरु पाईन्छन् ।
तर ती क्यामराको काम र महत्व भने अधिकांस उपभोक्ताले बुझेका हुदैँनन् । धेरै प्रयोगकर्ताले डबल क्यामराले ब्लर अथवा ब्होके इफ्फेटका लागि मात्र प्रयोग गरिएको हुन्छ भनेर बुझेका हुन्छन् जुन सहि पनि हो । तर, डबल वा बढी क्यामराको प्रयोग यतिमा मात्र सिमित हुदैँन - यसका थुप्रै फाइदाहरु हुन्छन् ।

एचटिसीले सबैभन्दा पहिलो दुईवटा क्यामरा भएको स्मार्टफोन - एचटिसी इभो थ्री डी लन्च गरेको थियो जसमा दोस्रो क्यामराको प्रयोग केवल थ्री डी फोटो खिच्नका लागि गरिन्थ्यो ।
एचटिसीले नै एचटिसी वान एम एट र बटरफ्लाई थ्री सँग डबल क्यामराको ट्रेन्डलाई निरन्तरता दिएको थियो । त्यस पश्चात् हुवावे, एप्पल, सामसंग र अहिले आएर लगभग सबै स्मार्टफोन निर्माताले डबल वा बढी क्यामरा भएको स्मार्टफोनहरु रिलिज गरिसकेका छन् । डबल वा बढी क्यामराको प्रयोग तरिका भने निर्मातासँगै फरक फरक रहेको छ ।  नागरिक

प्रतिक्रिया दिनुहोस