मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले पनि प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न सकेन । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न अस्थायी स्थान तोक्ने बताइएको थियो तर, त्यस्तो कुनै निर्णय भएन ।
प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरेको थियो ।
मन्त्रीपरिषद् बैठकले २०३६ सालमा धनकुटाको छिन्ताङमा राज्यपक्षबाट मारिएका १६ जनालाई शहिद घोषणा गरेको छ । घटनाको ३८ बर्ष पछि मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङमा तात्कालिन भूमिगत विद्रोही समुहले गरेको कार्र्यक्रममा राज्य पक्षका सुरक्षाकर्मीद्धारा चलाईएको गोली लागि १६ जनाको मृत्यु भएको थियो ।
तीनै मृतकलाई शहीद घोषणा गरिएको हो । त्यसैगरी बैठकले २०७५ साल बैशाख १ गते देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । बैठकले लाइभस्टक सेन्टर इन्नोभेसन आयोजनाका लागि विश्व बैंकबाट झण्डै ८ अर्ब रुपैयाको श्रृण स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल न्यायसेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई तोक्ने लगायत केही बढुवाका निर्णयहरु पनि गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना-२०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस