म पापको खोल ओढेर धर्ती छोड्न चाहन्न : धुर्मुस

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०७५, १८ : ०५
म पापको खोल ओढेर धर्ती छोड्न चाहन्न : धुर्मुस

काठमाडौं । ‘एकएक हिसाब क्लियर गर्नु । दिन सधैं एकनास हुँदैन । एक पैसा तलमाथि भयो भने सबै चकनाचुर हुन्छ । इमानदारीपूर्वक काम गर्नु पर्छ’ काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा तथा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ हास्य कलाकार एवं फाउण्डेशनका सल्लाहकार मदनकृष्ण श्रेष्ठले भन्नुभयो ।


उहाँका यी भनाइ गम्भीरतापूर्वक सुनिरहनु भएका फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जवाफमा भन्नुभयो, ‘म पापको खोल ओढेर धर्ती छोड्न चाहन्न । मलाई कुनै लोभ छैन । रकम दुरुपयोग गर्ने मनसाय फिटिक्कै छैन । त्यसका लागि फाउण्डेशन खोलेको पनि होइन ।’

जनताको सहयोगमा रंगशाला बनाएर विश्वमा नमुना काम गर्न लागेको बताउँदै उहाँले भन्नुभयो, ‘सबै नेपालीले देशको जिम्मेवार नागरिकका हिसाबले सहयोग गर्नुहोस् । यो पवित्र काम र महान अभियानमा सहभागी बन्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस