प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन सर्वोच्चको आदेश

बुधबार, २६ पुस २०७४, १९ : ४९
प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।
फैसलामा प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउन आदेश भएको छ ।

न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार पराजुलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएका दुवै नागरिकताको प्रतिलिपि मगाउन तथा न्यायपरिषद्बाट शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजात झिकाउन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस