साधारण तारेखमा रिहा भए डा. केसी

बुधबार, २६ पुस २०७४, १९ : ४३
साधारण तारेखमा रिहा भए डा. केसी

काठमाडौं । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई साधारण तारेखमा रिहागर्न आदेश दिएको छ । न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको हो ।

साथै अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएको छ ।

आदेशमा डा.शशी शर्माको मुद्धाबारे सर्वोच्चबाटै मिसिल झिकाएर अध्ययन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस